२४ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस