मुख्य समाचार

प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास स्थगित

cholendra

२४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ ।

जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस