कर्पोरेट

राष्ट्रिय आविश्कार केन्द्र र ब्रिटिश कलेजबीच सहकार्य

british college

२४ जेठ, काठमाडौं । द ब्रिटिश कलेज र राष्ट्रिय आविश्कार केन्द्रले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशील बनाउन र राहतकार्यलाई अझ सुदृढ पार्न एक परियोजना अगाडि बढाउने जनाइएको छ ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले आविश्कार केन्द्रसँगको सहकार्यमा कोभिड १९ विरूद्ध लड्न सहयोगी भूमिका खेल्ने बताए ।

सामुहिक रूपमा कलेज र केन्द्रले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्ने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस