राजनीति

ओली रास्ट्रवादको लगौटी विखन्डनको पगरी बनिसकेछन् : रामचन्द्र पौडेल

ramchandra paudel

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली राष्ट्रवादले लगौटी विखण्डनको पगरी बनेको टिप्पणी गरेका छन् । पौडेलले राष्टवादको नक्कली नारा दिएर सत्तारोहण गरेका ओलीले त्यही सत्ता जोगाउ विखण्डनको पगरी गुथेको आरोप लगाएका हुन् ।

“सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेसनै गुमाउने, डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रबाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,” पौडेलले समाजिक संजालमा लेखेका छन्, “ओली राष्ट्रबादको लगौटी बिखन्डनको पगरी बनिसकेछन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस