
२४ जेठ, काठमाडौं । इङ्ल्यान्डर एण्ड वेल्स क्रिकेट बोर्डले बलर ओली रोबिनसनलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको छ ।
बोर्डले आइतबार रोबिनसनलाई निलम्बन गरेको हो । सामाजिक संजाल ट्विटरमा आपत्तिजनक ट्विटहरु पोस्ट गरेको विषयमा अनुसन्धान गर्न रोबिनसनलाई निलम्बन गरिएको हो ।
न्युजिल्यान्डविरुद्धको खेलबाट टेस्ट टिममा डेब्यु गरेका रोबिनसनलाई ट्विटमा रंगभेद हुने र यौनिक ट्विटहरु रहेको बताइएको छ ।
रोबिनसनलाई सन् २०१२ देखि ०१३ को समयमा गरिएको ट्विटको कारण निलम्बन गरिएको हो । रोबिनसनले उक्त ट्विटबारे माफीसमेत मागिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस