समाचार

सुदूरपश्चिमले पायाे ८५ हजार मात्रा खोप, कुन जिल्लामा कति ? (सूचीसहित)

corona khop

२४ जेठ, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए ।

केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको छ । उहाँले सुदूरपश्चिमका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए ९३ डोज हस्तान्तरण गरिएको बताए। आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई सात हजार ५७०, अछामलाई चार हजार १०२, डोटीलाई तीन हजार २० डोज हस्तान्तरण गरिएको छ ।

त्यसैगरी डडेलधुरालाई २५८, बैतडीलाई तीन हजार ७८०, दार्चुलालाई तीन हजार २४३, बझाङलाई तीन हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई चार हजार ४४२ दिइएको छ । यसअघि सुदूरपश्चिममा कोरोना सङ्क्रमणसित अग्रपङ्क्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *