समाचार

माओवादी केन्द्रद्वारा सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

maoist party donation

२४ जेठ, काठमाडौं । नेकपा (माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् ।

सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ ।  सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजिन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिन्डर र भरेको अक्सिजन सिलिन्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस