गण्डकी प्रदेश

निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

lockdown

२४ जेठ, कास्की । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन ।

महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ । गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री केन्द्रको पोखरास्थित प्रादेशिक कार्यलयमा सबै कक्षाका पाठ्यपुस्तक भण्डार कक्षमा आइसके पनि बाहिरी जिल्लामा भने हालसम्म नगएको कार्यालयका वरिष्ठ सहायक शिव विलास पौडेलले जानकारी दिए ।

कार्यालयले नवलपुर बाहेक प्रदेशका १० वटै जिल्लामा सामुदायिक विद्यालयका पुस्तक वितरण गर्दै आएको छ । हिमाली जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाका सामुदायिक विद्यालयमा आगामी असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु हुँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस