
२४ जेठ, बाँके । बाँकेमा जेठ ३१ गतेसम्मका निषेधाज्ञा लागि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जेठ ३१ गते राति १२ बजेसम्मका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
बैशाख ८ नेपालगन्ज उपमहानगरपालिका र १३ गतेदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिन्छ । जिल्लामा कोभिड–१९ संक्रमणको दरमा केही कमी आएपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताएका छन् । दैनिक उपभोग्य सामग्रीका पसलहरुको समयावधि बढाएर १२ बजेसम्म पुर्याइएको जारी सूचनामा उल्लेख छ ।
बैंक तथा बीमा, बीउ विजन, कृषि औजार, विषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखी स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस