२४ जेठ, दाङ । चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ ढोडेनी निवासी ३६ वर्षीय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षीय सन्तोषी नेपाली, ३६ वर्षीय चन्द्रकला सुनार र ३५ वर्षीय ज्योति दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई सामुहिक चोरी मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७६ वैशाख ३० गते जनही ५ हजारका दरले जरीवाना र ८ महिना ७ दिन कैद फैसला सुनाइएको थियो । तर, उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए ।
उनीहरुलाई सोमवार करिब १ बजेतिर घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकीछिपी बसीरहेको अवस्थापमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई आजै नै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।