मनोरञ्जन ताजा समाचार

मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

madan krishna

२४ जेठ, काठमाडौं । अचानक मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । उनी शुक्रबार राति गंगागाल अस्पताल भर्ना भएका हुन् । पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो ।

साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो । आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ ।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुईपटक अस्पताल भर्ना भएर गत साता मात्रै डिस्चार्ज भएका थिए । अहिले उनको स्वास्थ्य अवस्था ठिक रहेको र मंगलबार डिस्चार्ज हुुने सम्भावना रहेको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *