मुख्य समाचार

काठमाडौंको नयाँ बस्तीमा बोरा भित्र शव फेला

bauddha murder

२५ जेठ, काठमाडौं । काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा बोरा भित्र शव भेटिएको छ । आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरिय प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थल पुगिसेको छ । हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले जानकारी दिए ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस