
२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु भएको छ । मंगलबार प्रदेशसभा बैठकमा मतदान सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य रहेका छन् । मुख्यन्त्रीलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ ।
अहिले प्रदेशसभामा नेकपा (एमाले)का सभामुखबाहेक २४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना छन ।
प्रतिक्रिया दिनुहोस