समाचार

नबिल बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा उदयपुरबाट एकजना पक्राउ

atm todfod

२५ जेठ, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *