समाचार

कैलालीमा लागुऔषधसहित तीन पक्राउ

arrest

२५ जेठ, कैलाली । कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार उनीहरूको साथबाट छ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस