समाचार

दाङमा निषेधाज्ञा फेरि एक सातालाई थपियो

dang lockdown

२५ जेठ, दाङ । दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष दीर्घनारायण पौडेलले जानकारी दिए ।

अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको पनि उनले बताए । होटेल, रेस्टुरेन्ट, डान्सबार, खाजाघर, कपाल काट्ने पसललगायत अरु व्यवसायहरु भने खोल्न नपाइने उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *