
२५ जेठ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारप्रति लगानीकर्ताको विश्वासका कारण पुँजी बजारमा आकर्षण बढेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै मंगलबार अर्थमन्त्री पौडेलले पुँजी बजारमा पछिल्लो समय आकर्षण बढिरहेको बताए । उनले भने, ‘यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको छु ।’
उनले बोर्ड अध्यक्ष भिष्मराज ढुंगानको तारिफ गर्दै बोर्डलाई बलियो नियामक निकायको रुपमा अगाडि बढाएको बताए । यस्तै, बजेटमा उल्लेख भएको वस्तु विनिमय बजारको सञ्चालनको लागि समयमै कदम चाल्नसमेत उनले आग्रह गरे ।
उनले बजेटले पुँजीबजाको विस्तारको लागि लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताए । त्यसको लागि बजेटले केही व्यवस्था पनि गरेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस