
२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य छन् ।
विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस