समाचार

अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध

oxygen cylinder

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकाले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले मंगलबार सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गरेका छन् ।

तत्काल खाली सिलिण्डर उपलब्ध नगराएमा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै  यथासक्य चाँडो अक्सिजन भर्न मन्त्रालयका सहप्रवक्ता  अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस