सेयर मार्केट

५३ अंकले बढ्यो सेयर बजार, १६ अर्ब बढीको कारोबार

nepse increase

२५ जेठ, काठमाडौं । सेयर बजारको परिसूचक (नेप्से) आज पनि उत्साहजनक रुपले बढेको छ । आज बिहानैदेखि बढ्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेको छ । ५३.४४ अंकले बढेसँगै परिसूचक २९६० अंकमा पुगेको छ ।

यो अंक अहिलेसम्मकै उच्च हो । दिनभर १६ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन विकास बैंक, फाइनान्स र बीमा कम्पनीका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् ।

बैंकिङ २०, ब्यापार १९, विकास बैंक ३९८, जलविद्युत ५८, फाइनान्स १८५, निर्जीवन बीमा ५५४, उत्पादन १२९, अन्य ४५ र जीवन बीमा ६६८ अंकले बढे। होटल तथा पर्यटन १६ र माइक्रोफाइनान्स २४ अंकले घटेका छन् ।

यस दिन ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अरु २७ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस