बागमती प्रदेश

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ प्रस्तुत हुने

pradesh sabha bagmati

२५ जेठ, काठमाडौं । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौँ अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा आज बसेको  बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको यही जेठ १६ र १७ गतका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस