
२५ जेठ, काठमाडौं । के एल दुगड समूहद्वारा विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामाग्रीहरु वितरण गरेको छ ।
कोरोना महामारीका कारण रोजगारी नहुँदा समस्यामा परेका एक सय जना मजदुरलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा खाद्यान्न वितरण गरिएको दुगड समूहले जनाएको छ । समुहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रमका लागि पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको जनाएको छ ।
उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहन र भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको जनाएको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित सहुलियत भोजन कार्यक्रममा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको जनाइएको छ । अन्य स्थानमा पनि राहत वितरण गर्ने कार्य जारी रहने कम्पनीले जनाएको छ ।