समाचार

कोरोनाबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

maharjan

२५ जेठ, काठमाडौं । ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउन्ट भ्यु इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो । प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्वअध्यक्ष उनलाई कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बिएन्डबी अस्पताल ग्वार्काेमा भर्ना गरिएको थियो । उनका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिए ।

वि.सं २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनुभएका महर्जनले शिक्षाको विकासका लागि दुई दशकदेखि योगदान दिँदै आएका थिए । पत्रकारितामा समेत चासो राख्ने उनले शिक्षासँग सम्बन्धित विषयमा लेख्नाका साथै सामाजिक सञ्जालमा प्रेरणा मूलक सन्देश प्रवाह गर्दै थियो । महर्जन पत्नी र एक छोरा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *