समाचार

मस्तिष्कलाई स्वास्थ्य फुर्तिलो राख्नका लागि दैनिक ५ मिनेट ध्यान

meditation

२६ जेठ, काठमाडौं । व्यस्त जीवनशैली, निन्द्रा र व्यायामको कमी तथा खानपानको लापरवाही बढेसँगै मानिसहरूले आफ्नो शरीरको हेरचाह गन सकेका छैनन् । मानव शरीरलाई ताजा र काम गर्न चाहिने उर्जाका लागि जति आराम र तन्दुरुस्ता चाहिन्छ त्यति नै आराम मस्तिष्कलाई पनि चाहिन्छ ।

यस्ता कुरा मानिसहरूलाई थाहा हुँदा हुदै पनि मानिसहरूले आफ्नो दिमागको राम्रो ख्याल गर्न सक्दैनन् वा गर्न खोजे पनि जान्दैनन् । मानिसको उमेर बढेसंगै मानव मस्तिष्कको विकास बढ्छ र कुनै निश्चित उमेर पछि तीब्रताका साथ घट्दै पनि जान्छ ।

यसको बारेमा विभिन्न अध्ययनले देखाएअनुसार मानिस २५ देखि ३० वर्षको उमेर पुग्दै जाँदा, मस्तिष्कको विकास पनि रोकिँदै जान्छ र कतिपय कार्य क्षमताहरू पनि गुमाउँदै जान्छ । २४ देखि २५ वर्षको भएपछि मानिसको दिमागको आकार पनि सानो हुँदै जाने युसीएलएको नसासम्बन्धि विभागका चिकित्सक डा. फ्लोरियन कुर्थले बताइन् ।

मानिसले लामो समयसम्म दिमागको आकार घटिरहेको कुरा चाल पाएका हुँदैनौँ । तर, बिस्तारै दैनिक गरिने कुराहरू तथा कामहरू गर्न बिर्सिन थालेपछि मात्र केहि गम्भीर भएको हो कि भनेर सोच्न थाल्छौं । डा. कुर्थ लगायतका उनको समूहले ५० जना दिनहुँ ध्यान गर्ने मानिस र ५० जना ध्यान नगर्ने मानिस छानेर एक अनुसन्धानमा परिक्षण गरेका थिए ।

सो अध्ययनमा ध्यान नगर्ने मानिसको भन्दा ध्यान गर्ने मानिसहरूको मस्तिष्कको वजन धेरै रहेको पत्ता लगाएको छ । त्यस्तै, हार्भड मेडिकल स्कुलका नसाविज्ञ डा. सारा ल्याजर र उनको टोलीले लामो समय लगाएर ध्यानको विषयमा गहिरो अध्ययन गरेका थिए ।

नियमित ५ मिनेट मात्र ध्यान गर्दा मस्तिष्कमा आठ हप्तामा नै परिवर्तन देखिन थाल्नेको अध्ययनले निष्कर्ष निकालेको थियो । ध्यान नगर्ने मानिसहरूले ध्यान गर्न सुरु गरेको आठ हप्तामा उनीहरूको मस्तिष्कको चार भागहरु बाक्लिँदै गएको देखियो । यसकारण मस्तिष्कलाई स्वस्थ राख्नका लागि व्यायामसंगै नियमित ध्यान अति आवश्यक हुने गर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस