विश्व/प्रवास

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

coronavirus in india

२६ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि पहिलोपटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा भारतमा १ लाख ६३६ संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा भारतमा २ हजार १२३ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ ।

मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ४७३ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ५१ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको डब्यूएचओको तथ्यांकमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *