समाचार

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

chandragiri sherbahadur tamang

२६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् ।

चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।

वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिका वडा नम्बर–८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने जनाए ।

चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान भएको छ । ७४ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो ।

विनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *