समाचार

आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ

som bahadur

२६ जेठ, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट आफ्नै साथीको हत्या गरेको एक जना पक्राउ परेका छन् । मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनकै साथी कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

टाउकोको पछाडि घाउचोट रही विशाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा घटनापछि भागी फरार भएका सोमबहादुरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको ्वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी वादविाद हुँदा सोमबहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस