समाचार

झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

electricity

२६ जेठ, झापा । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *