२६ जेठ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १३.५६ अंकले घटेको छ । सो अंकको सुधारसँगै परिसूचक २९४६ अंकमा कायम भएको छ । यस दिन १६ अर्ब ९९ करोडको कारोबार भएको छ ।
यस दिन बैंकिङ समूह ११, होटल तथा पर्यटन २, विकास बैंक २११, जलविद्युत १५, अन्य ३१, माइक्रोफाइनान्स १८ अंकले घटेका छन् । ब्यापार ७८, फाइनान्स ४७, निर्जीवन बीम ३९, उत्पादन २३७ र जीवन बीमा समूह २९ अंकले बढेका छन् ।
आज १० प्रतिशतको हाराहारीमा कमाउनेमा युनाइटेड मोदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, रिडी हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्स रहेका छन् ।
यीमध्ये सिइडिबी हाइड्रोपावर हालै सूचीकृत भएको कम्पनी हो । सो कम्पनीको मूल्यवृद्धिसँगै प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस