२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबारको संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । अब संवैधानिक इजलासमा ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय भएको छ ।
सरकारसँग प्रतिनिधिसभा विघटन किन गर्नुपरेको भन्नेमा लिखित आदेश माग गरेको छ । बुधबार रिट निवेदनकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय महादेव यादव र शम्भु थापाले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस