समाचार

पछिल्लो साता नेपालमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने धेरै

covid 19 swab test

२६ जेठ, काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ ।

पछिल्लो साता ४८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ३५ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ । ९० हजार ८२७ वटा नमुनाको पीसीआर तथा ३४ हजार ५२७ वटाको नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २८.६ प्रतिशत रहेको र ४६ भन्दा बढी जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस