
२६ जेठ, विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले १४ शय्याको मोडुलर आईसियुसँगै ११ शय्याको न्युरो सर्जिकल आईसियु सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अस्पतालको सो सेवाको उद्घाटन गरेका छन् ।
संक्रामक रोग लागेका बिरामीलाई अरु बिरामीसँग छुट्ट्याएर राख्न चारवटा बेड रहेको बताइएको छ । बिरामीलाई घरबाटै आफन्तले हेर्न सक्ने गरी कम्प्युटर प्रणाली जडान गरिएकोले आफन्तले स्वास्थ्य अवस्थाबारे सहजै जानकारी लिन सक्ने अस्पतालले जनाएको छ ।
आईसीयूका इन्चार्ज डा. ललित राजवंशीले बिरामीका आफन्तलाई समेत यस्तो सेवाले निकै राहत महसुस हुने बताए । विराट नर्सिङ होममा विभिन्न विभागमा गरेर १०२ बेडसहितको अत्याधुनिक आईसीयू सुविधा उपलब्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस