समाचार

अर्घाखाँचीमा जीप दुर्घटना : चालकको मृत्यु

accident

२७ जेठ, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ कागाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको छ । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रहरीले घटना थप अनुसन्धान शुरु  गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस