समाचार

पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन

Yagya Prasad

२७ जेठ, पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ ।  उनको आज राति पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् ।

उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए । बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा​ उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस