विश्व/प्रवास

राष्ट्रसंघीय महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्याको निन्दा

Antonio Guterres

२७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थामाथि भएको हमलाको निन्दा गरेका छन् । बुधबार उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गर्नुभएको बताइएको छ । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।

उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन्। उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ।

यहाँ प्रायः तालिबानीहरुले सडकमा विस्फोटक पदार्थ बिच्छ्याउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गरेका हुन् । उनले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस