२७ जेठ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि लागू हुनेगरी बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ ।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेको अहिलेको अवस्थामा कम्पनीले यस्तो अफर ल्याएको हो ।
कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ छन् । आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म १००%, ३ महिना माथि (६ महिना सम्म)को लाई ७५% र ६ महिना भन्दा माथि ५०% सम्मको विलम्ब शुल्क छुट दिने निर्णय गरेको हो ।