२७ जेठ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले गिरावट आएको छ । १. ८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ । यस दिन कुल १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।
समूहगत रुपमा हेर्दा बैंकिङ १७, ब्यापार ५७, होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५, उत्पादन ३८, अन्य ६ र जीवन बीमा २७३ अंकले घटेका छन् । त्यस्तै विकास बैंक १२०, जलविद्युत ८८, फाइनान्स ६० र माइक्रोफाइनान्स समूह ७ अंकले बढेका छन् ।
नेप्से घटे पनि एक दर्जन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन् । पाँचथर पावर, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, ङादी ग्रुप, माउन्टेन इनर्जी, छ्याङ्दी, रिडी, बरुण, सिइडिबी, अरुणभ्याली, ग्रिनलाइफ हाइड्रोपावर, जोशी हाइड्रो र पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस