बागमती प्रदेश

वाग्मती सरकारले कोरोनाका कारण अभिभावक गुमाएकालाई मासिक तीन हजार भत्ता दिने

pradesh sabha bagmati

२७ जेठ, काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोनाका कारण बाबु–आमा गुमाएकालाई मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउने भएको छ ।

बिहीबार प्रदेशसभामा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले यस्तो घोषणा गरेका हुन् । यस्तै, कोरोना प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस