२७ जेठ, गुल्मी । गुल्मीमा एक पुरुषको शव फेला परेको छ ।
इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुर विक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएका हुन् ।
कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस