संगीत

रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा…’

Ram Krishna

२७ जेठ, काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ ।

उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस