समाचार

असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह

melamchi

२८ जेठ, काठमाडौं । मेलम्चीको ‘हेड वक्र्स’ निर्माण  भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक  प्रशोधनका  लागि ‘हेड  वक्र्स’  संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको  मुख्य  काममध्ये ‘हेड  वक्र्स’  निर्माण  सम्पन्न  भएको  जानकारी  दिए  ।

दुई वर्षअघि  चिनियाँ  निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको  ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । हेड वक्र्सले इन्टेकमा भएका  विभिन्न  ढोकाहरूलाई  सफा  गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको  एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ/छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने  भएकोले  खोला  वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस