विश्व/प्रवास

भारतमा लगातार चौथो दिन एक लाखभन्दा कम संक्रमित भेटिए

coronavirus in india

२८ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमितको आँकडामा कमीको सिलसिला जारी छ ।

बिहिबार भारतमा ९१,२११ जनामा कोरोना संक्रमण देखिएको छ । १ लाख ३३ हजार ५९८ संक्रमित निको भए र ३,४०१ को मृत्यु भयो । यो लगातार चौथो दिन हो जब नयाँ संक्रमितको संख्या एक लाखभन्दा कम भेटिएको छ ।

अघिल्लो दिन ४५,५४२ सक्रिय संक्रमितको संख्यामा पनि कमी देखियो । यसमा गिरावटको सिलसिला करिब एक महिनादेखि जारी छ । अघिल्लो पटक १२ मे मा यसमा ६,३९९ को वृद्धि देखिएको थियो । हाल भारतमा ११ लाख १९ हजार ९२८ बिरामीको उपचार चलिरहेको छ । ९ मे मा यो आँकडा ३७ लाख ४१ हजार ३०२ को पीकमा थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *