गण्डकी प्रदेश

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पुनः पदमुक्त

gandaki pradesh

२८ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पुनः पदमुक्त भएका छन् । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ ।

उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गरेका छन् । एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले केही मन्त्री उपस्थित नभएका कारण सदन चल्न नसक्ने बताएका थिए ।

तर, सभामुख कार्यसूचीको पहिलो र दोस्रो बुँदाको जानकारी सदनलाई गराएका हुन् । यो जानकारीसँगै जनमोर्चा सांसद थापाको पद गएको छ भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको जानकारी सदनलाई गराइएको हो ।

अब केहिबेरमा प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी गराउने सचिवालय सचिव हरिराज पोखरेलले जनाए । आज नै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नेछिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस