समाचार

मुख्यमन्त्रीले शाहीले भेटे दुर्व्यवहारमा परेकी राउटे किशोरी र परिवार

raute pariwar

२८ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस