२९ जेठ, काठमाडौं । गायक तथा कुशल संगीतकार हरि लम्सालको नयाँ गजल गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ ।
कपिल अन्जानको शब्द र हरि लम्सालको संगीत रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ । गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको अभिनय देख्न सकिन्छ ।
शक्ति पाख्रिनले निर्देशन रहेको रहेको गीतको भिडियोमा मिलन एक्स तामाङको छायाँकन, अन्जल शर्माको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस