२९ जेठ, धनुषा । प्रदेश नम्बर २ सरकारले पोखरीमा डुबेर मृत्यु भएको ५ जना बालिकाको परिवारलाई १/१ लाख रुपैयाँको दरले राहत स्वरुप रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका-६ बहेडाबेलास्थित कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँच जना बालिकाको परिवारलाई प्रदेश सरकारले उक्त राहत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
शुक्रबार पोखरीमा डुबेर डुबेर १२ वर्षीया लक्ष्मीनियाँ यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललिता साह तेली मृत्यु भएको थियो ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका थिए । मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन् । घटनास्थल मन्त्री यादवकै निर्वाचन क्षेत्र अन्तर्गत पर्छ ।
यता पाँच जनै बालिकाहरूको शव पोष्टमार्टमका लागि अहिले जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।