मनोरञ्जन ताजा समाचार

अभिनेत्री निशा घिमिरेलाई चलचित्र कल्याणकारी कोषको सहयोग

nisha

२९ जेठ, काठमाडौं । अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग गरेको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त रकम कलाकार घिमिरका बुवालाई हस्तान्तरण गरिने छ ।

तीन वर्षअघि भारतको देहरादुनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै घिमिरे घरमै थिइन् । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

उनको सम्पूर्ण उपचार नर्भिक अस्पतालले गरिदिने भएको छ । यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *