समाचार

ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

bead body tag

२९ जेठ, बाग्लुङ । बागलुङ नगरपालिका–६ लहरे पिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिए । ग १ त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाइ छ ।

मृतक शर्मा सोही गाउँको काफल ठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्रयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *