मुख्य समाचार

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

Corona Death

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् ।

यही अवधिमा थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस