२९ जेठ, पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधाई दिएका छन् ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८(५) बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्ते गुरुङले फोन गरेर बधाई दिएका हुन् । ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरोतर्फबाट र मेरो पार्टीको तर्फबाट,” उनले फोनमा भने, “एकदम शुभकामना छ तपाईंको सफल कार्यकालको लागि ।”
प्रतिक्रिया दिनुहोस